१२ कार्तिक २०८३, बिहिबार

विरोधमा उत्रिए डा.बाबुराम भट्टराई, ११ वर्षअघि गल्ती भएको स्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattraiकाठमाडौं, १८ पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले ११ वर्षअघि सात दल र माओवादीबीच नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपूर्ण रहेका बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने, ‘२०६२ मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपूर्ण हो ।’

पूर्व सांसद विजय पौडेलको सम्पादकत्वमा प्रकाशित ‘नेपाल –सम्बन्ध विगत, वर्तमान र भविष्य’ विषयक पुस्तक विमोचन समारोहमा उनले भने, ‘विदेशी भुमिमा १२ बुँदे भएकाले मुलुक अहिले अकल्पनीय कठिन अवस्थामा गुज्रदैछ ।’

मुलुकको अग्रगमनका लागि राजनीतिक दलहरुबीच नेपाल–भारत सम्बन्धमा समान धारणा बन्नुपर्नेमा डा.भट्टराईले जोड दिए ।

डा.भट्टराईलाई उदृत गर्दै पौडेलले भने, ‘१२ बुँदे सहमति दिल्लीमा हुनु नै नेपाली राजनीतिमा भारतीय हस्तक्षेप बढाउने कारण हो । १२ बुँदे विदेशी भूमिमा नभएर नेपालमै हुनुपर्थ्यो ।’