१२ कार्तिक २०८३, बिहिबार

लोडसेडिङमुक्त गराउने कुलमानलाई यसरी सुरु भयो असहयोग

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kulman-ghisingकाठमाडौं, १७ मंसिर । नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ ।

काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका छन् । कारोबार दैनिकले समाचार छापेको छ ।

सञ्चालकहरु भने घिसिङ आफूखुसी निर्णय गरेको भन्दै उनको मनोबल गिराउन लागिपरेका छन् ।

घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने छन् ।

गत तिहारदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुत्त, र उपत्यकाबाहिर पनि लोडसेडिङ घटाएर चर्चा कमाएका घिसिङ यसलाई निरन्तरता दिने अभियानमा जुटिरहेका छन् ।