१२ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य आठ महिनायताकै सस्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goldकाठमाडौं, १७ मंसिर । पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायताकै सस्तो भएको छ ।

बिहीबारका लागि तोकिएको छापनवाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो । नागरिक दैनिकले समाचार छापेको छ ।

मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार रुपैयाँमा झरेको छ ।

यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।