१२ कार्तिक २०८३, बिहिबार

दुई र पाँच नम्बर प्रदेशमा यसकारण भयो सुरक्षा चुनौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Griha Mantralaya Homeकाठमाडौं, १५ मंसिर । प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग विगतमा आन्दोलन नियन्त्रणमा लिँदा संगठनका तर्फबाट भएका कमीकमजोरी सच्याउँदै नयाँ सुरक्षा योजनामा जुटेका छन् ।

तीनवटै सुरक्षा निकायले केही महिनाअघि देशका विभिन्न भागमा संयुक्त पूर्वअध्यास गरेका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।

आपसमा समन्वयको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्यांकन तथा पूर्वसूचनाको कमीका कारण आन्दोलनमा धनजनको क्षति भएको निष्कर्ष उनीहरुको छ ।

यसै आधारमा रणनीति बनाएर उनीहरु आन्दोलनका क्रममा हुने सक्ने धनजनको क्षति रोक्न पूर्वअभ्यासमा जुटेका हुन ।

प्रहरीको विशेष ब्युरो अन्तर्गत रहेको राजनीतिक अन्वेषण र राष्ट्रिय अनुसन्धान विभागले दल, विद्रोही समूह, भूमिगत सशस्त्र समूह र सुरक्षा मामिालामा चलखेल गर्न सक्ने तत्वको पहिचान र गतिबिधिको मूल्यांकनपछि प्रदेश नम्बर २ र ५ लाई सुरक्षा चुनौतीका हिसाबले संवेदनशील ठहराएका छन् ।