१२ कार्तिक २०८३, बिहिबार

संशोधन प्रस्तावप्रति राजेन्द्र महतो रिसाए, रिसाउनुको कारण यस्तो छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra mahatoकाठमाडौं, १२ मंसिर । सरकारले तयार पारेको संविधान संशोधन मस्यौदाप्रति सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले असन्तुष्टि राखेका छन् ।

सरकारले राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका १३ पदमा वंशज नागरिकले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था तलमाथि नगर्ने गरी संशोधन प्रस्ताव तयार पारेकाले महतोले असन्तुष्टि जनाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले प्रधानमन्त्रीसँग अन्य सबै ठीकै भए पनि प्रदेशको मुख्यमन्त्रीमा वंशजबाहेकका नागरिकले पनि प्रतिस्पर्धा गर्न सक्ने गरी नागरिकताको व्याख्या गर्नुपर्ने गुनासो गरेको स्रोतले बतायो ।