१२ कार्तिक २०८३, बिहिबार

विरोध भएपछि प्रधानमन्त्रीले ल्याए यस्तो प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachand-1काठमाडौं, ११ मंसिर । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मस्यौदा तयार भए पनि सकेसम्म सहमतिमै संशोधन प्रक्रियामा अघि बढाउन भन्दौ थप छलफल गर्ने निष्कर्षमा दुवै दलका शीर्ष नेता पुगेका छन् ।

सरकारले शुक्रबार तयार पारेको मस्यौदामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र चार सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, नियुक्ति वा मनोनित हुन वंशजका आधारमा नागरिक भएको हुनपर्ने संवैधानिक व्यवस्थामा तलमाथि नगरी प्रस्ताव तयार गरिएको छ ।

वैवाहिक अंगिकृतको हकमा नेपालको संविधान २०४७ र अन्तरिम संविधान २०६३ मा जस्तै व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

यस अनुसार नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले विदेशी नागरिकता त्याग्न प्रक्रिया सुरू गरेको जानकारी दिएपछि वैवाहिक अंगीकृत नागरिकता पाउनेछन् ।

नागरिकताको विषयमा मधेसकेन्द्रीत दलहरूको माग प्रचलित कानुन अर्थात यसअघिका संविधान अनुसार हुनुपर्छ भन्ने थियो ।

संशोधन प्रस्तावको तयारीमा निरन्तर लागिरहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिले राजनीतिक तहमा सहमति जुटेको भन्दै अन्तिम ड्राफ्टका लागि कानून मन्त्रालयका सचिवलाई जिम्मा दिएको जानकारी दिए ।

‘राजनीतिक तहमा संशोधनका चार बुँदामा सहमति भयो, अब ड्राफ्टका लागि कानुन मन्त्रालयका सचिवलाई जिम्मा दिएका छौँ,’ निधिले भने, ‘उहाँहरूले तयार गरेर दिएपछि आइतबार दर्ता गराउँछौँ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले राजनीतिक तहमा अन्तिम ड्राफ्ट बने पनि फेरि छलफल गर्ने जानकारी दिए । ‘प्रधानमन्त्रीनिवासको बैठक अन्तिम ड्राफ्ट बनाउन केन्द्रित थियो,’ उनले भने, ‘अब सत्तारुढसहित केही दलसँग एकसरो छलफल गरेपछि संशोधन विधेयक आइतबार दर्ता गर्ने निर्णय भएको छ ।’