१२ कार्तिक २०८३, बिहिबार

एमालेका यी सांसदहरू संशोधनको पक्षमा देखिए, सर्लाहीमा बोलाए अलग भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, १० मंसिर । पार्टीको आधिकारिक धारणाविपरीत मधेसबाट निर्वाचित अधिकांश एमाले सांसदहरू संविधान संशोधनका पक्षमा देखिएका छन् ।

एमाले स्थायी समितिले आइतबार पार्टी संशोधनका विपक्षमा रहने निर्णय गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पार्टीको यो निर्णयपछि एमालेका मधेसी मूलका सांसदहरूले अनौपचारिक छलफल सुरु गरेका छन् ।

संशोधनलगायत विषयमा छलफल गर्न प्रदेश नं. २ का मधेसी मूलका सांसद तथा प्रदेश पार्टी नेताको बैठक १३ र १४ गते सर्लाहीको हरिवनमा तय गरिएको छ ।

भेलामा मधेसी सांसदहरूले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई आधार मानी संशोधन हुनुपर्ने विषयमा केन्द्रित हुने विषयलाई प्रमुखता साथ उठाउने तयारी गरेका छन् ।

एमालेको निर्णय मधेस र मधेसीविरोधी हुन नहुने, मधेसका समस्याको निकास एमालेकै नेतृत्वमा हुनुपर्नेलगायत विषयमा छलफल गर्न बैठक आयोजना गरिएको जानकारी स्रोतले दिएको छ ।

२ नं. प्रदेशका एमालेका एक शीर्ष नेताले भने, ‘एमाले स्थायी समितिको आइतबारको निर्णय मधेसी मूलका नेतालाई त्यस क्षेत्रको राजनीतिबाट विस्थापित गर्नु मात्र हो । नेतृत्व सुनियोजित रूपमा मधेस र मधेसीविरोधी भएको सन्देश अन्त्य गराउन पनि भेला महत्वपूर्ण हुनेछ ।’

उनले पार्टीलाई विधिवत् रूपमा संशोधन प्रस्तावका पक्षमा निर्णय लिने वातावरण बनाउने बताए । संविधानलाई मधेस, पहाड र हिमालको सर्वसम्मत राजनीतिक ‘डकुमेन्टु बनाउन पनि आफूहरूले पार्टीलाई दबाब दिने तयारी गरेको उनले बताए ।

उनका अनुसार बैठकले पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष नेतालाई सरकारले ल्याउने संशोधनबाट मधेसीको माग सम्बोधन गराउन दबाब दिने ढंगले प्रस्तुत हुन प्रेरित गर्नेछ ।

संशोधनलगायत विषयमा एमालेका मधेसी सांसदले महासचिव ईश्वर पोखरेललाई भेट गरी मधेसका मुद्दामा पार्टी गम्भीर भएर संशोधनमा निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरिसकेका छन् ।

महासचिव पोखरेलसँगको भेटमा शत्रुघ्न महतो, आशाकुमारी यादव, कमलादेवी महतो, नागेन्द्रप्रसाद थारू, राजकुमार गुप्ता, जयप्रकाश थारू, जुनदेव अन्सारी, बलरामप्रसाद चौधरी, रामअवतार पासवान, रामचन्द्र साह तेलीलगायतका सांसद सहभागी थिए ।

एमाले वैकल्पिक पोलिटब्युरो सदस्य एवं सांसद शत्रुघ्न महतोले संविधान संशोधनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरी मधेस र मधेसीको समस्या हल गर्ने मान्यताका साथ १३ र १४ गते सर्लाहीमा प्रदेश नं. २ को भेला हुन लागेको जानकारी दिए ।