१२ कार्तिक २०८३, बिहिबार

राज्यमन्त्री हुन कांग्रेसमा क–कसको मारामार ? (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress President Sher Bahadur Deuba arrives at TIAकाठमाडौं, ९ मंसिर । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भने झैं संविधान संशोधन गरी मधेसवादी दललाई संविधान कार्यान्वयनका लागि मञ्जुर गराउन र स्थानीयत तहको पुनर्संरचनासहित तीन तहको निर्वाचन गराउने महत्वपूर्ण कार्यलाई छोडेर नेपाली कांग्रेसमा भने सत्ताकै एजेण्डामा रुमलिएको छ ।

नेपाली कांग्रेसको सहयोगमा माओवादी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डको नेतृत्वमा गत साउन २० गते निर्माण भएको सरकारमा झण्डै चार महिनापछि भएपनि राज्य मन्त्री बन्न चाहना राख्नेको भिँड शीर्ष नेताको निवासमा बढ्न थालेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कांग्रेसबाट ९ जना राज्यमन्त्रीको नाम दिन प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भने पनि कांग्रेसबाट आकांक्षीका सख्या बढेको छ । सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कालाई एक/एक, नेता रामचन्द्र पौडेललाई तीन र आफ्नै गुटबाट चार जनालाई राज्मन्त्री बनाउने योजना बनाएका छन् ।

आकांक्षीको संख्या बढेपनि देउवाले नेता सिटौलाको सिफारिसमा संखुवासभाका तारामान गुरुङ र नेता खड्काका सिफारिसमा मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँलाई मन्त्री बनाउन निश्चित भएको छ ।

नेता पौडेलको सिफारिममा भने केन्द्रीय सदस्यसमेत रहेकी झापाकी सरिता प्रसाईं, संखुवासभाका सांसद दीपक खड्का र कञ्चनचन्द्र वादे श्रेष्ठ मन्त्री हुने भएका छन् ।

देउवाको गुटबाट भने आकांक्षीको सख्या आठ भन्दा बढी छ । तर, उनको भागमा चारजना भन्दा वढी सांसदलाई मन्त्री बनाउने क्षमता छैन् ।

देउवालाई राज्मन्त्री बनाउन धेैरै तिरबाट दबाब आएपनि उनी कैलालीका दीर्घराज भाट, गुल्मीकी सुवर्ण जुहारचन, रुपन्देहीका अब्दुल रज्जाक गद्धी र धु्रव वाग्लेलाई राज्यमन्त्रीमा सिफारिस गर्ने भएका छन् ।

देउवाको गुटबाट राज्यमन्त्री बन्न चाहनेहरुमा मोरङका दिलिप खवास गच्छेदार, सुनसरीका सिताराम मेहता, ओखलढुंगाका रामहरि खतिवडा, काठमाडौंका ध्यानगोविन्द रञ्जित, सर्लाहीका हरेस महतोले तिव्र चाहाना राखेका छन् ।

खुमबहादुर खड्काको सिफारिसमा राज्यमन्त्री बन्न मोहनबहादुर बस्नेतले पनि चाहाना राखेका थिए । तर उनको चाहानालाई मकवानपुरका वानियाँले तुहाई दिएका छन् ।

दाहाल नेतृत्वको सरकारमा हाल कांग्रेसबाट एक उपप्रधानमन्त्री र १४ मन्त्री छन् भने माओवादीबाट एक जना उपप्रधानमन्त्री ७ मन्त्री र ४ राज्यमन्त्री, राप्रपाबाट दुई र नेकपा संयुक्तबाट एकजना मन्त्री छन् ।

हाल मन्त्रीपरिषद् ३१ सदस्य छ । कांग्रेसबाट ९ राज्यमन्त्री थपिएमा दाहाल नेतृत्वको मन्त्रीमण्डलको आकार पनि बढेर ४० सदस्यीय हुने भएको छ ।