१२ कार्तिक २०८३, बिहिबार

गृहमन्त्री निधिका कारण सरकार धरापमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimlendra-Nidhi_281256586काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुुर देउवावीचको सम्बन्धमा चिसोपना बढ्दै गएको छ ।

दाहाल र देउवावीच अविश्वासको खाडल बढ्दै गएको स्रोतले जनाएको छ । यसको फाइदा गृहमन्त्री विमलेन्द्र निधिले लिइरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दर्ताको विषयलाई लिएर दाहाल र देउवावीच तिक्तता बढेको माओवादी केन्द्रका एक नेताले बताए । ‘एमालेले प्रधानमन्त्रीको भावनामा खेलेर कांग्रेससँगको दुरी बढाउन भूमिका खेल्यो’, नाम उल्लेख नगर्ने सर्तमा ती माओवादी केन्द्रका नेताले भने–‘दाहाल र देउवावीच राम्रोसँग कुराकानी पनि हुन छाडेको छ ।’

दाहाल र देउवावीच अनौपचारिक कुराकानी मात्रै हुने गरेको स्रोतको भनाइ छ । एमालेसँग नजिकिन खोजेका दाहालले धोका दिन्छन् कि भन्ने डर देउवालाई छ । अझ हालै भारतमा गएर दलाई लामाका प्रधानमन्त्रीलाई भेटेपछि दाहाल र देउवाको दुरी बढेको भन्नेहरू पनि छन् । चीनले प्रधानमन्त्री दाहाललाई देउवासँगको सम्बन्धलाई धेरै अगाडि नबढाउन चेतावनी दिएको स्रोतको दाबी छ ।

अमेरिकन लबीका मानिने देउवा अमेरिकनकै दबाबमा भारतमा पुगेर दलाई लामाका प्रधानमन्त्रीलाई भेटेर चीनलाई थ्रेट दिएको भन्नेहरू पनि छन् । यसको फाइदा लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि लागेको स्रोतको भनाइ छ । देउवालाई चीन विरोधी र अमेरिकनको धब्बा सधैका लागि लगाएर राजनीति नै चौपट बनाएर आफू देउवा गुटबाट अगाडि बढ्ने दाउमा निधि छन् ।

सोही कारण देउवालाई दबाब दिएर निधिले खुमबहादुर खड्कालाई उपसभापतिमा मनोनीत गर्न दिएका छैनन् । खड्का उपसभापति बन्नेवित्तिकै निधिको राजनीति धरापमा पर्ने र देउवा झन् शक्तिशाली बन्ने देखेरै खड्काविरुद्ध ठूलो षड्यन्त्र भएको स्रोतको भनाइ छ । निधिले देउवालाई शक्तिशाली भएको कहिल्यै देख्न चाहदैनन् भन्नेहरू कांग्रेसमा धेरै छन् ।