१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रले स्वीकार गरे, ‘नैतिक हिसाबले राजीनामा दिनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal
काठमाडौं, ९ मंसिर । पुष्पकमल दाहाल, प्रधानमन्त्री

एमालेले संशोधन प्रस्तावलाई सहमति दिन्न भनेर स्पष्ट पारिसक्यो । मोर्चाका केही नेताहरूले चार बुँदे प्रस्ताव नमान्ने भनिरहनुभएको छ । त्यसैले स्थिति खराब बन्दै गएको छ, वास्तवमा म धर्मसंकटमा परेको छु ।

सरकार बनाउँदा तीनबुँदे सहमतिमा संविधान संशोधन गर्ने भनिसकेकाले माओवादी र कांग्रेस संशोधनका लागि सहमत छन् । म जसरी पनि प्रस्ताव दर्ता गर्छु । तपाईंहरूले साथ दिने हो कि होइन प्रस्ट पार्नुस् । यदि प्रस्ताव फेल भयो भने गठबन्धन त भत्किन्छ नै मैले नैतिक हिसाबले राजीनामा पनि दिनुपर्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘मोर्चाले प्रस्तावमा सहमति नजनाउने हो भने म एक्लै मेरो पार्टीको ११ प्रदेशको प्रस्ताव दर्ता गराउँछु अनि जनतामा जान्छु । ल भन्नुहोस्, तपाईंहरूको धारणा के छ ?’