१२ कार्तिक २०८३, बिहिबार

सेनाको आपत्तिपछि सरकारले विधेयक फिर्ता लियो

140.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-chettri

काठमाडौं, ८ मंसिर । सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको  लोकसेवा आयोगको काम कर्तव्य र अधिकारसम्वन्धी विधेयकालाई फिर्ता लिने भएको छ ।

संसदवाट संशोधनका लागि संसदीय समितिमा पुुगेको यो विधेयकमा सेनाले असहमति जनाएपछि सरकारले विधेयक नै फिर्ता गर्न लागेको हो । सेनाले पाँचवटा बुुँदामा लिखित असहमति जनाएको थियो ।

विधेयकमा अन्य संघीय सरकारी सेवा को परिभाषाभित्र सेनालाइ पनि समावेश गरिएको थियो । सेनाले संविधानको धारा २ सय ४३ को उपधारा(२) तर्फ ध्यानाकर्षण गर्दै सैनिक सेवालाई छुट्टै उल्लेख गर्नुपर्ने  लिखित जवाफ पेस गरेको थियो ।

राजधानी दैनिकमा समाचार छ ।