११ कार्तिक २०८३, बुधबार

आजदेखि फेरि खुल्यो बसको टिकट बुकिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ticket-booking-660x330काठमाडौं, १७ असोज । चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् ।

सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ ।

सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका थिएनन् ।

सिट क्षमताअनुसार मात्र यात्रु राख्दा घाटा हुने भन्दै उनीहरूले एकतर्फी बाटोको इन्धन खर्च सरकारले दिनुपर्ने अडान राख्दै आएका थिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले आइतबारको छलफलपछि व्यवसायीहरू सबै बस चलाउन तयार भएको बताए ।

‘सोमबारदेखि फेरि बसको टिकट अग्रिम बुकिङ खुल्नेछ,’ उनले भने, ‘जिल्ला र ग्यारेजमा रहेका बसहरू ल्याएर चलाउन व्यवसायीहरू तयार भएका छन् ।’

व्यवसायीहरूको अनावश्यक अडानपछि सरकारले स्कुल, कलेज तथा सरकारी बसहरू सञ्चालन गरी दसैँमा यात्रु ओसार्ने तयारी गरेको थियो ।