काठमाडौं, १७ असोज । दसैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन् ।
स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ ।
स्याफ्रुबेसी–रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका छन् ।
भन्सारमा कर्मचारीको अभावमा दैनिक २०–२५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ ।
समयमा नै भन्सार जाँच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन् ।















प्रतिक्रिया