११ कार्तिक २०८३, बुधबार

टिकट नपाएका यात्रुलाई सरकारले यसरी गर्दैछ नयाँ व्यवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-busकाठमाडौं, १६ असोज । यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यही विषयमा छलफल गर्न मुख्यसचिव डा। सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाएका छन् ।

सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको हो । प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने योजना पनि सरकारको छ ।

यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ । विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ ।

‘राजधानीका स्कुल–कलेजका पनि तीन–चार सय बस छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भन्छन्, ‘व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत धेरै यात्रु घर जान सक्नेछन् ।’

अप्ठ्यारोमा सरकारी बस चलाउँछौँ, डा. सोमलाल सुवेदी, मुख्यसचिव

गत वर्ष पनि तिहारमा हामीले उपत्यकामा सरकारी बस यात्रु बोक्न सञ्चालन गरेका थियौँ । यस वर्ष पनि धेरै चाप हुने रुटमा सरकारी बसमा यात्रु बोक्न सकिन्छ, हामीले छलफल अघि बढाइसकेका छौँ ।