११ कार्तिक २०८३, बुधबार

नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तर्राष्ट्रिय पुरस्कार पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeकाठमाडौं, १५ असोज । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तर्राष्ट्रिय पुरस्कार पाउने भएको छ ।

सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको हो ।

विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्टिच्यूटका अध्यक्ष काथ्यी लिसले इमेलमार्फत जानकारी दिए ।