काठमाडौं, १५ असोज । कांग्रेसमा उपसभापतिमा भन्दा पहिले महामन्त्री मनोनीत हुने भएको छ ।
आन्तरिक व्यवस्थापनमा समस्या भएपछि केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव लगेर दसैं अगाडिसम्म मनोनीत गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘उपसभापति तत्काललाई थाती नै रहन्छ र दसैंअघि महामन्त्री मनोनीत गर्ने तयारी छ’, देउवा निकट स्रोतले भन्यो, ‘उपसभापतिको मनोनययन दुई चार महिनापछि मात्र हुने भएको छ ।’
सहमहामन्त्री पनि उपसभापतिभन्दा अघि नै मनोनीत गर्ने तयारी देउवाको रहेको छ ।
निर्वाचित भएको दुई महिनामा पार्टीका सवै निकायलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ ।
तर, महाधिवेशन भएको सात महिनासम्म पनि देउवाले पदाधिकारीमासमेत पूर्णता दिएका छैनन् ।
सिंगापुरबाट उपचार गरेर फर्किएको बेला देउवाले पार्टीमा मनोनयनको काम छिट्टै पूरा गर्ने बताएका थिए ।















प्रतिक्रिया