काठमाडौं, १५ असोज । आइतबार दिउँसो त्रिशूली नदीमा जिप दुर्घटनामा परेर हराइरहेका पूर्वगृह मन्त्री माधव घिमिरेको परिवारले शुक्रबार साँझ कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
घिमिरे दाजुभाइको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा उनका आफन्त तथा आर्यघाटमा उपस्थित जनसमुदाय भावविभोर बनेका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
तीन दाजुभाइको लहरै चिता बनाई कुसको मानवकृति बनाएर उनीहरूको बिदाइ गरिएको थियो ।
कुशल प्रशासक तथा कुशल शासकका रूपमा चिनिएका घिमिरे मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध गरी काठमाडौं फर्कने क्रममा चितवनको दारे चोक गाविसको घोप्टेभीरमा उनले चलाइरहेको जिप दुर्घटनामा परेको थियो ।
उनीसहित तीनै दाजुभाइ अझै बेपत्ता छन् । शुक्रबार दिउँसो उनीसँगै दुर्घटनामा परेकी आमाको अन्त्येष्टि गरेपछि तीन भाइको एकै पटक अन्त्येष्टि गरिएको थियो ।
उनले राष्ट्रलाई पुर्याएको योगदानलाई राज्यले कदर गर्न नसकेको भन्दै आर्यघाटमा उपस्थित आफन्त र सर्वसाधारणले टिप्पणी गरेका थिए ।
उनको खोजीमा सरकारले खासै चासो नदिएको भन्दै आफन्तले उपप्रधान तथा गृहमन्त्री विमिलेन्द्र निधिको आलोचना गरेका थिए ।















प्रतिक्रिया