११ कार्तिक २०८३, बुधबार

गृहमन्त्री र आइजीपीवीच किन खटपट ? के चाहन्छन् निधि ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimlendra-nidhi-upendrakanta-aryalकाठमाडौं, ११ असोज । खिलराज रेग्मी सरकारको पालामा नेपाल प्रहरीको नेतृत्व लिन सफल भएका आईजीपी उपेन्द्रकान्त अर्यालले त्यस पछिका कुनै पनि गृहमन्त्रीलाई खुशी राख्न नसकेको चर्चा अहिले नेपाल प्रहरीमा चल्न थालेको छ ।

जसको मुल्य पुरै प्रहरी संगठनले व्यहोर्नु परेको आरोप समेत आईजीपी अर्याल माथि लाग्न थालेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

दोस्रो संविधानसभाको चुनाव पश्चात गृहमन्त्री बनेका वामदेव गौतमसँग जोरी खोज्दा प्रहरीको अधिकार बाड्नु परेको जिकिर गर्दै अन्य प्रहरीले यतिखेर आवज उठाउन सुरु गरेको जनप्रहार साप्ताहिकले उल्लेख गरेको छ ।

आईजी अर्याल र तत्कालिन गृहमन्त्री गौतमको व्यक्तिगत हटका कारण प्रहरीको अधिकार खोसिएको जिकिर अन्य प्रहरी अधिकृतको छ ।

जनपथ प्रहरीले मात्र जारी गर्दै आएको पक्राउ पुर्जी गृहमन्त्री गौतमले सशस्त्र प्रहरी बललाई समेत दिलाएका थिए । जसका कारण दुई प्रहरी संगठनका अधिकृतबीच समेत मनमुटाब बढेको थियो ।

गौतमको बहिर्गमन र नयाँ गृहमन्त्री शक्ति बस्नेतको आगमनसँगै झनै आईजी अर्यालसँग गृहमन्त्रालयको सम्बन्ध चिसो बढ्यो । आईजी अर्यालले विश्वास गरेका तथा उनि निकट भनिएका एआईजी नै आईजी बन्न दौडधुप सरु गरे ।

जसका कारण आईजी आफ्नैबाट चिढिए र मिटिङमा ३ फागुनसम्म आफू नै आईजीको फूली लगाएर कार्यालय आउने भन्दै आईजीको सपना नदेख्न व्याची एआईजीलाई थर्काउन बाध्य भए । बस्नेतको पालासम्म आईजी अर्यालको निद हराम भएकोे थियो ।

केपी ओली सरकारकोे राजीनामा सँगै कागे्रसको तर्फबाट गृहमन्त्री बनेका विमलेन्द्र निधीको निकट दोस्ती मानिने आईजी अर्याल अहिले झनै तनावमा छन् । निधी गृहमन्त्री भएसँगै अर्यालले चैनकोे सास फर्ने आँकलन धेरैले गरेका थिए ।

तर निधीले मन्त्रालय सम्हालेकै दिनबाट आईजी अर्याललाई पेल्न थालेपछि जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितारार्थ भएको छ ।

भर्खरै सरुवा भएका एसपीलाई तानेर गृहमन्त्री निधीले आफ्नो जिल्लामा आफू निकट एसपी पठाउन आईजी अर्याललाई अल्टिमेटम दिएपछि उनीहरुकोे सम्बन्धमा दरार उत्पन्न भएको जानकारहरु बताउँछन् ।

उता गत वर्ष कैलालीको टीकापुरमा भएको प्रहरी हत्याको बिषयलाई लिएर पनि निधि र अर्यालबीच सम्बन्ध चिसिएको स्रोत बताउँछ । सो घटनामा एक अबोध बालकसहित एसएसपी लक्ष्मण न्यौपानेलगायत नौ जना प्रहरीको ज्यान गएको थियो ।

उक्त घटनालाई मन्त्री निधीले राजनीतिक रुप दिन थालेपछि प्रहरी संगठन नै रुष्ट बनेको हो । प्रहरी प्रमुख अर्यालले भने घटनाका दोषीलाई कानून बमोजिम कारवाही गर्नुपर्ने अडान राख्दै आएका छन् ।

पछिल्लो समय निधी र अर्यालको मनमुटाब बढेपछि एसएसपीहरुको सरुवा समेत रोकिएको छ । अञ्चल प्रमुखदेखि अपराध महाशाखा, काठमाडौं परिसर र ललितपुर परिसर प्रमुखको सरुवाको समय बितिसक्दा पनि आ आफ्नो अडानका कारण सरुवा रोकिएको स्रोतको दाबी छ ।

एक महिना अगाडी देखि नै सरुवाको चलखेल भएपनि आईजी अर्यालले आफू निकटलाई पठाउन नसके पछि सरुवा रोकेका हुन् । स्रोतका अनुसार अर्यालले अपराध महाशाखमा एसएसपी मनोज न्यौपाने र परिसरमा दिनेश अमात्य तथा ललितपुरमा धिरु बस्नेतलाई पठाउन चहान्छन् ।

तर, अपराध महाशाखा र काठमाडौ परिसरमा गृहमन्त्री निधीले इन्ट्रेस्ट देखाएपछि आईजी अर्याल तत्काल सरुवाको मनस्थितमा छैनन् । जसका कारण दशै अगाडी सरुवा हुने सम्भावना न्यून रहेको जानकारहरु बताउँछन् ।