११ कार्तिक २०८३, बुधबार

‘प्रचण्ड’ सरकारफेरि संकटमा ! मधेसी मोर्चाले यसरी दियो धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaकाठमाडौं, ११ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूसँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

मोर्चाको सोमबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरोप लगाएका थिए ।

बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए ।