११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाद्वारा सबै राष्ट्रिय भाषालाई कामकाजी बनाउन प्रस्ताव

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhesi-morchaकाठमाडौं, ९ असोज । वर्तमान गठबन्धनसँग तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाउन प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड, दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरासँग मोर्चाका नेताहरुको भएको पटकपटकको अनौपचारिक छलफलमा मोर्चाले यस्तो सर्त राखेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मोर्चाले प्रदेशअनुसार बोल्ने भाषा फरक हुनसक्ने भन्दै कुनै एउटा भाषा लाद्ने नभइ भाषामा राष्ट्र स्वतन्त्र हुनपर्ने तर्कसहित यस्तो सर्त अघि सारेको हो ।

‘हामीले हिन्दीमात्र कामकाजीको भाषा हुनुपर्छ भनेका होइनौं, नेपालमा बोलिने र राष्ट्रिय भाषा घोषणा गरेका सबै भाषा कामकाजी हुनुपर्छ भनेर प्रस्ताव गरेका हो’, छलफलमा सहभागी सद्भावना नेता मनीष सुमनले भने ।

मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाऔं भन्नुको अर्थ नेपाली भाषालाई विस्थापन गर्न भन्ने रूपमा नबुझ्न आग्रह गरेको छ ।