११ कार्तिक २०८३, बुधबार

नेपालप्रति चीनले यसरी देखाउन थाल्यो चिन्ता, पुराना सम्झौता कार्यान्वयन गर्न जोड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-nepal-flag-1000x0काठमाडौं, ८ असोज । चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ ।

नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

चीनका कार्यबाहक राजदूत हरिश्चन्द्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए ।

‘हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । त्यस विषयमा सरकारलाई जानकारी गरिएको छ’, उनले भने ।

हरेक उच्च तहको भ्रमणका क्रममा चीन सरकारले सोध्ने गरेको छ, ‘पहिला गरेको सम्झौताको निरन्तरता केही भयो त ?’ तातोपानी नाका खुलाउने सम्बन्धमा नेपाल सरकारले चीन सरकारलाई पटक–पटक आग्रह गर्ने गरेको जानकारी दिँदै उनले भने, ‘नेपालको राजश्व संकलन हुने तेस्रो ठूलो नाका बन्द हुँदा नेपाल र चीन दुबैलाई ठूलो घाटा भइरहेको दुबैले बुझेका छन् । तर समस्य जस्ताको तस्तै देखिएको छ ।’