११ कार्तिक २०८३, बुधबार

मदिरा पिउन नेपाली पसलमा भारतीयको लाइन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksiकाठमाडौं, ६ असोज । नेपाल भारतको सीमामा पर्ने धनुषाको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ ।

युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् ।अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका छन् ।

बिहानदेखि रक्सी पसल भरिभराउ हुने र साँझमा सबै खाली हुने गरेको जटही भन्सार कार्यालयका सहायत वैद्यनाथ लाल कर्ण बताउँछन् ।

उनका अनुसार साँझको समयमा भारतीय नाकामा जाँच गर्न सुरक्षाकर्मी आउने भएकाले युवाहरु मदिरा पिउन विहानै आउने गरेका हुन् ।

बिहान १० देखि १२ बजेभित्रै भारतीय गाडी लिएर आउने गरेका युवा रक्सी लिएर फर्किन्छन् ।