११ कार्तिक २०८३, बुधबार

लडाकु भ्रष्टाचारमा अख्तियारले तयार पारेको सूचीमा क–कसको नाम छ ?

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-ka-netaharuकाठमाडौं, ५ भदौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ ।

२०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासी भदौ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाएको जानकारी दिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

स्रोतका अनुसार सोही क्रममा अख्तियारले प्रारम्भीक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनु भन्दै पत्र लेख्ने तयारी गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले केही दिनमै पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए।‘अनुसन्धान अघि बढेकाले केही दिनमा पत्र जान्छ’, रिजालले भने ‘को को संलग्न भन्ने अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक गर्न मिल्दैन ।’

अनुसन्धानबाट धेरै नेता र व्यक्ति तानिन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियारले उक्त प्रकरणमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका जिम्मेवार रहेका मन्त्री, शान्ति मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, शान्ति कोषको तत्कालिन जिम्मेवार कर्मचारीको नाममा पत्र लेख्ने तयारी गरेको हो ।
सबैभन्दा धेरै माओवादी केन्द्रका नेता तानिन सक्छन् । अख्तियारले प्रारम्भिक चरणमा माओवादीका २१, नेताका नाममा पत्र पठाउने तयारी अन्तिम अवस्थामा पुर्‍याएको छ ।

प्रधानमन्त्री दाहाल, उपराष्ट्रपति नन्दबहादर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्धन शर्मा, पूर्वर्थमन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणि खनाल, तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमान्डरदेखि ब्रिगेडियरसम्मलाई पत्र पठाउने तयारी अख्तियारको छ ।