काठमाडौं, ४ भदौ । नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवसीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् ।
बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा त्यहाँको पिआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए ।
दूतावासले लामाको निवेदन बमोजिम होम अफिस (गृह मन्त्रालय)लाई पिआर भिसा रद्द गरिदिन आग्रह गरेकोमा होम अफिसले प्रक्रिया अगाडि बढाइएको जनाइएको स्रोतले उल्लेख गरेको छ ।















प्रतिक्रिया