१२ कार्तिक २०८३, बिहिबार

महिलाको सम्वेदनशील अंग समाउने सन्तोष पन्तले यसरी उन्मुक्ति पाए

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

santosh-pantaकाठमाडौं, ३ असोज । ड्युटीमा रहेकी महिला सुरक्षा गार्डमाथि सञ्चालकबाटै यौन दुर्व्यवहार भएको घटनाको उजुरी लिन इलाका प्रहरी कार्यालय धरानले अस्वीकार गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको महिला छात्रावसामा ड्युटीमा बसेका महिला सुरक्षा गार्ड सविता सुवालले आफू ड्युटीमा बसेको अवस्थामा यौन दुर्व्यवहारमा परेको उजुरी लिएर आइतबार इलाका प्रहरी कार्यालयमा पुगेकी थिइन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

महिला अधिकारकर्मीको साथमा सुयालले केटीएस सेक्युरिटी प्रालिका अध्यक्ष रामेश्वर साह र कलाकार सन्तोष पन्तविरुद्ध जबरजस्ती करणी गर्ने उद्योगसम्बन्धी जाहेरी लिएर इलाका प्रहरी कार्यालय गएकी थिइन् ।

उनले साह र कालाकार पन्तले ड्युटीमा बसिरहेको अवस्थामा आफूमाथि शनिबार बिहान साढे २ बजे आफ्ना संवेदनशील अंगमा हात लगाएको आरोप लगाएकी छन् ।

मादक पदार्थ सेवन गरेका साह र केटीएमकै ब्रान्ड एमबेस्डर पन्तले सुरक्षा चेक गर्ने बाहनामा महिला छात्रावासमा प्रवेश गरी आफूमाथि यौन दुर्व्यवहार गरेको महिला सुरक्षा गार्डको आरोप छ ।