काठमाडां, ३ असोज । रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ ।
नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इन्जिनियरिङ सर्भेमा यस्तो अवस्था देखिएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
निगमका प्रवक्ता भानु खनालले प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताए ।
सडक विभागले वीरगञ्ज पथलैया सडक दुई लेनबाट ६ लेनको बनाउने योजना अगाडि बढाएको छ ।
सडक विस्तार योजना अगाडि नबढे पाइपलाइन निर्माण हुन नसम्ने निगमले जनाएको छ ।
‘वीरगन्जदेखि अमलेखगन्जसम्म मुख्य सडकको किनारै किनारमा पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउँछौ’, उनले भने, ‘पाइपलाइनका लागि छुट्टै जग्गा भने चाहिँदैन । सडक विस्तारको जग्गा प्रयोग हुन्छ ।’
वीरगञ्ज अमलेखगञ्जभित्र साना ठूला गरी झन्डै १३ हजार रुख काट्नुपर्ने देखिएको छ ।
सडक विभागलाई रूख काट्न र घरहरू छिटो भत्काउन निर्देशन दिइसकेको छ ।
यस्तै विद्युत प्राधिकरणलाई विजुलीका पोल र तार हटाउन आग्रह गरिसकेको निगमले जनाएको छ ।
रक्सौल अमलेखगञ्जमा पाइपलाइन निर्माणका २ अर्ब ७५ करोड भारतीय रुपैया छ ।
जसमध्ये भारतीय आयल कर्पोरेशनको २ अर्ब भारू र निगमको ७५ करोड भारू लगानी गर्ने सहमति भएको छ ।















प्रतिक्रिया