३१ आश्विन २०८३, शनिबार

भारतसँग ‘राष्ट्रघाति’ सम्झौता गरेको भन्दै एयरपोर्टमै प्रचण्डविरुद्ध प्रदर्शन

311.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौं, २ असोज । चारदिने भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरुले प्रदर्शन गरेका छन्।

भारतसँग ‘राष्ट्रघाति’ सम्झौता गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) सम्बद्ध अखिल क्रान्तिकारीले कालो झण्डा देखाउँदै प्रचण्डविरुद्ध विमानस्थल क्षेत्रमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले अखिल (क्रान्तिकारी)का ४ केन्द्रिय सदस्यसहित २४ जना नेता कार्यकतालाई पक्राउ गरेको छ । कालो झण्डा देखाउँदै र नारा लगाउँदै बिमानस्थल पुगेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्दै नेता कार्यकर्तालाई पक्राउ गरेको क्रान्तिकारीका नेता लोकेश बिश्वकर्माले जानकारी दिए ।

यो पनि पढ्नुस्ः

दिल्लीमा प्रचण्डले ‘राष्ट्रघात’ गरेको भन्दै विप्लव माओवादीद्धारा आन्दोलन घोषणा