११ कार्तिक २०८३, बुधबार

कलाकार पन्तविरुद्ध यौन दुरव्यहारको उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

santosh-pantaधरान, २ असोज । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटीका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुर्व्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशील अंगमा छुने काम गर्नुका साथै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न पनि सोधेर थप पीडा दिएको उजुरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

स्रोतका अनुसार केटिएमका अध्यक्ष साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङ पनि महिला होस्टेलमा पुगेका थिए ।

महिला होस्टेलमा राति ११ बजेपछि कसैलाई प्रवेश नदिइने भए पनि प्रमुख स्वयम् आएकोमा ढोका खोलिएको उनको भनाइ छ ।

उनले अध्यक्ष साहले पनि श्रीमान भए–नभएको, छोराछोरी भए–नभएको, काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबढ भएको लगायत प्रश्न गरेको उजुरीमा उल्लेख छ ।

महिला अधिकारकर्मी मञ्जु भण्डारीले महिला कामदारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने माग गरिन् ।