११ कार्तिक २०८३, बुधबार

भूकम्पमा एमाले नेताहरूको सम्पत्ति विवरण हराएपछि अब कम्युटरमा राख्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं, १ असोज । १२ वैशाखको भूकम्पपछि एमाले नेताहरुको सम्पत्ति विवरणसम्बन्धी महत्वपूर्ण कागजात हराएको पाइएको छ ।

कागजात हराएपछि एमालेले नयाँ ढाँचामा समपत्ति विवरण अद्यावधिक गर्ने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गत वर्ष १२ वैशाख र २९ मा गएको भूकम्पले एमालेको तत्कालीन बल्खुस्थित पार्टी कार्यालय सार्ने क्रममा नेताहरुको सम्पत्ति विवरणसँग जोडिएका कागजात हराएको केन्द्रीय अनुशासन आयोगले जनाएको छ ।

केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरोका नेतासहित एक सय ८४ जना केन्द्रीय सदस्य, एक सय ८२ सांसद, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरु, पार्टीको सिफरिसमा राजनीतिक नियुक्ति पाएका नेता कार्यकर्ताको कागजात हराएको हो ।

अब पुनः विवरण माग गरेर कम्प्युटर सिष्टममा सुरक्षित गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।