११ कार्तिक २०८३, बुधबार

नेपाली भूमिमा प्रवेश गरेका १४ भारतीय प्रहरीलाई स्थानीयले लखेटे, दुई जना पक्राउ

29.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरको बेलीराीमा एक स्थानीयको घरमा प्रवेश गर्न खोज्ने दुई भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

हतियारसहित एक स्थानीयको घरमा छापा मार्न आएका भारतीय प्रहरीहरुमध्ये दुईजनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

बेलोरी नगरपालिका १४ का स्थानीय झुपबहादुर शाहीको घरमा खानतलासी गर्न भन्दै आएका १४ जना भारतीय प्रहरीको जत्था स्थानीयको प्रतिकारपछि भागेका छन् ।

भारतीय प्रहरीमध्ये १२ जना भागे पनि दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।

स्थानीय भोडा चौकीले ती भारतीय प्रहरीलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालय बुझाएको छ ।