११ कार्तिक २०८३, बुधबार

ग्यासमा खाना पकाउने उपभोक्तालाई एक करोड क्षतिपूर्ति !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gass-nepalकाठमाडौं, ३१ भदौ । खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बीमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।

एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्तका लागि यस्तो व्यवस्था गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

ग्यास उद्योगीको बीमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।

‘अहिले हामीले मुलुकभरि एक रूपता ल्याउने गरी एउटा मापदण्ड तयार कार्यान्वयनमा ल्याएका छौ’, संघका अध्यक्ष शिव घिमिरेले बिहीबार भने,‘ मापदण्ड भदौ १ गतेबाट लागू गरिसकेका छौ । अब देशभरका उपभोक्ताले एउटै दुर्घटनाबाट तीन प्रकारका समान रूपमा क्षतिपूर्ति पाउनेछन् ।’