११ कार्तिक २०८३, बुधबार

पार्टीभित्रै देउवालाई ठूलो झट्का, विभाजित हुँदै आफ्नै गुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-1000x0-650x389काठमाडौं, ३० भदौ । गुट उपगुटमा विभाजित नेपाली कांग्रेसभित्र कायम रहेको १३औं महाधिवेशनपछिको समीकरण विभाजित हुँदै गएको छ ।

पार्टीको प्रभावशाली भातृ संगठनको महाधिवेशन सुरू भएसँगै सभापति शेरबहादुर देउवाले भित्रिया गुटका नेतालाई बढी प्राथमिकता दिएको भन्दै देउवा पक्षका प्रभावशाली नेताहरू छुट्टै गुट बनाउने गृहकार्यमा लागेका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

१३औं महाधिवेशनअघि कांग्रेसभित्र कोइराला र देउवा दुई गुट मात्र थियो ।

त्यती बेला संस्थापन पक्षका कोइराला समूहले ६० प्रतिशत र देउवा समूहले ४० प्रतिशतको भागबण्डामा पार्टीभित्रको आन्तरिक व्यवस्थापन गरिन्थ्यो ।

तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि संस्थापन पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए ।

पार्टीको महाधिवेशनमा अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि प्रभावशाली गुट बनाएका थिए ।