११ कार्तिक २०८३, बुधबार

‘प्रचण्ड’को जम्बो टोलीलाई उडाउन विमानको पाङ्ग्रा सापटी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-air-busकाठमाडौं, २९ भदौ । बिहीबार हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हिमालयन एयरलाइन्सको पाङ्ग्रा सापटी मागेको छ ।

निगमको ९ एनएकेएक्स कलसाइनको एयरबस–३२० विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएपछि निगमले प्रधानमन्त्रीलाई उडाउन हिमालयन एयरलाइन्सको दुईवटा पाङ्ग्रा सापटी मागेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीका लागि तीन दिने दिल्ली भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतसहित १ सय ५० यात्रु लिएर मंगलबार दिल्लीबाट काठमाडौं आएको जहाज अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएको हो ।

प्राविधिक इन्जिनियरिङ टोलीले सो विमानमा सापटी लिएको पाङ्ग्रा फिट गरी बिहीबार प्रधानमन्त्री दाहालसहितको भ्रमण प्रतिनिधिलाई भारत उडाउने निगमको तयारी छ ।