११ कार्तिक २०८३, बुधबार

भारतका चार मुख्य नाकामा रेलमार्ग जोड्न नेपालको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rail-lineकाठमाडौं, २८ भदौ । वाणिज्य मन्त्रालयले कोलकोत्ता र विशाखापट्टम बन्दरगाहाबाट नेपालका ४ मुख्य नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव गरेको छ ।

रेल सेवा विस्तार गरी बल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयमार्फत वाणिज्यले प्रस्ताव पठाएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

तेस्रो मुलुकबाट हुने सामानको ढुवानी बल्क, कार्गो र रेलवे सेवामार्फत सस्तो हुने भएकाले भारतसमक्ष यस्तो प्रस्ताव पठाएको हो ।

‘एक साताअघिपरराष्ट्र मन्त्रालयमार्फत भारतका चार नाकामा रेलवे सेवा जोड्ने र बल्क कार्गोमार्फत ढुवानी गर्ने दुई आशयपत्रको प्रस्ताव गरेका छौ’, वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा पनि यो विषयलाई एजेन्डा बनाउन आग्रह गरेका छौ ।’