११ कार्तिक २०८३, बुधबार

दिल्ली हुँदै अमेरिका जान हिँडेका ४० युवा ग्वाटेमालामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २७ भदौ । ‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनु पर्‍यो’, ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने ।

आले थरका दलाललाई प्रतिव्यक्ति २५ देखि ३५ लाख रूपैयाँ बुझाइ अमेरिकी सपना बुनेर हिँडेका ४० जना आफूजस्तै नेपाली युवक अहिले भेनेजुयलामा अलपत्र परेको न्यौपानेले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भेनेजुयलाबाट ग्वाटेमाला हुँदै अमेरिका पुर्‍याउने आश्वासनसहित दलालले पैसा लिए पनि मेक्सिकोको चपाला विमानस्थलमा प्रहरीले पक्राउ गरेको उनले बताएका छन् ।

उनका अनुसार ३५ लाख रुपैयाँ लिइसकेका आले थरका दलालले अझै १५ लाख रुपैयाँ दिएमात्रै अमेरिका पठाइदिनेभन्दै उनीहरुलाई धम्क्याउँदै आएका छन् ।

आलेसँगै हस्ती गुरुङ लगायतका दलालले पर्यटक भिसामा उनीहरु ४० जनालाई भेनेजुएलाका लागि उडाएका थिए ।

अलपत्र पर्नेमा कृष्णसँगै नुवाकोट, पर्वत, म्याग्दी, चितवन लगायतका जिल्लाका युवक छन् ।