२६ कार्तिक २०८३, बिहिबार

मकवानपुरमा बस दुर्घटना, नौँ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

makwanpur-bus-accident

काठमाडौं, १६ साउन । मकवानपुर जिल्लाको मनहरी– ३ रमनटारमा यात्रु बाहक बस एकआपसमा ठोक्किदा नौँ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् ।

आइतबार बिहान पौने २ बजे ना ५ ख ५०५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

makwanpur-bus-accident-1

६ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकमध्ये उदयपुर त्रियुगा– १० का मणिरत्न चौधरी, विनोद चौधरी र सन्तोष चौधरीको मात्रै सनाखत भएको छ । अन्यको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ५०५५ नम्बरको बसका चालकसहित दुवै बसका ३२ जना यात्रु घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि चुरेहिल अस्पताल हेटौडा पठाइएको छ ।