२६ कार्तिक २०८३, बिहिबार

भारतीय हस्तक्षेपविरुद्ध बोले बाबुराम, कूटनीतिक कदम चाल्न माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai2

धनगढी, १५ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले भारतीय पक्षाबट सीमा क्षेत्रमा एकपक्षीय रुपमा बाँध निर्माण गर्ने कार्य गलत भएको बताएका छन् ।

पब्लिक मिडियाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सीमामा उत्पन्न हुने समस्याको कूटनीतिक तवरमा दुवै देशले दीर्घकालीन रुपमा समाधान खोजिनुपर्ने बताउँदै भने- ‘दुवै पक्षका जनतालाई भिडाउने काम गर्नुहुँदैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको क्रियाकलापका बारेमा सोधिएको प्रश्नमा उनले यो विषय संसदमा प्रवेश भइसकेकाले सार्वभौम संसद्ले प्रक्रिया अघि बढाई टुङ्ग्याउनुपर्ने धारणा राखे ।