भक्तपुर, १५ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधान कार्यान्वयनका लागि नेकपा(एमाले)लाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरको खरिपाटीमा नेपाली काँग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका’ विषयको अन्तक्रिया कार्यक्रममा सांसद थापाले संविधान कार्यान्वयनका लागि एमालेसँगको सहकार्य आवश्यक रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको विभिन्न सम्झौता अब बन्ने सरकारले कार्यान्वयन गर्ने उनले बताए । नेपालले भारत र चीनसँग बराबरको सम्बन्ध राख्नुपर्ने बताउँदै उनले भने- ‘नेपालले दुवै देशको हस्तक्षेप सहँदैन, नेपाल चीन र भारतको राजनीतिसँग खेल्दैन, नेपालको राजनीतिसँग पनि खेल्न दिदैनौं ।’
उनले आगामी चैत अन्तिममा स्थानीय निर्वाचन र जेठमा प्रान्तको निर्वाचन हुनुपर्नेमा जोड दिँदै जेठमा प्रान्तको निर्वाचन हुन नसके एकै पटक प्रान्त र केन्द्रको निर्वाचन गर्न सकिने बताए












प्रतिक्रिया