काठमाडौं, १४ साउन । सरकार बनाउने तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता गर्ने भएका छन् ।
सिंहदरबारस्थित राज्यव्यवस्था समितिको कार्यकक्षमा माओवादी केन्द्र र कांग्रेसका शीर्ष नेताहरूले मधेसी मोर्चासँग वार्ता गर्ने भएका हुन् । वार्ताका लागि बिहान साढे दश बजेको समय तोकिएको छ ।
कांग्रेस र माओवादी केन्द्रसँगको वार्तामा बस्नुअघि मधेसी मोर्चाका नेताहरूले आन्तरिक परामर्श गर्ने छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाका अनुसार माओवादी केन्द्रको नेतृत्वमा बन्न लागेको भनिएको नयाँ सरकारसँगको सहकार्यका विषयमा छलफलका लागि शनिबार मधेसी मोर्चालाई वार्तामा बोलाएको जानकारी दिनुभयो ।
संविधान संशोधन गरेर सिमाङ्कन र निर्वाचन क्षेत्रको माग पूरा गर्नुपर्ने अडानमा राखेको मधेसी मोर्चाले आफूहरूका मागका विषयमा कांग्रेस र माओवादी केन्द्रसँग औपचारिक रुपमा कुरा गर्न लागेको पहिलो पटक हो ।












प्रतिक्रिया