२६ कार्तिक २०८३, बिहिबार

प्यूठानमा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुगाउन कठिनाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Landslide-Pahiro Pyuthanप्यूठान, १४ साउन । वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउन नेपाली सेनाको सहयोग लिएपनि झन्डै पाँच घन्टा पैदल हिँड्नु पर्ने भएपछि समयमै राहत पु-याउन कठिनाइ भएको हो ।

राहत सामग्री ढुवानी गर्न फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरेपनि केन्द्रबाट हेलिकोप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताउनुभयो ।

प्यूठानमा बाढीपहिरोका कारण ३८ जनाको मृत्यु तथा झण्डै ३०० घर परिवार विस्थापित भएका छन् ।

पहिरोमा परी मृत्यु भएकाको आफन्त र विस्थापित भएका व्यक्तिलाई खानेपानी, स्वास्थ्य सेवा तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयबासिन्दा तथा उद्धार तथा राहत वितरणमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताउनुभयो ।

प्रजिअ जनकराज पन्तले पीडित परिवारकालागि तत्कालीन रुपमा रु आठ/आठ हजार राहत वितरण गरिएको बताउनुभयो । रासस