२६ कार्तिक २०८३, बिहिबार

सप्तरीमा सीमा मिचेर भारतले बनाएको बाँध नेपालीहरुले भत्काइदिए

12.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saptari

सप्तरी, १३ साउन । नेपाल–भारत सीमा दशगजा मिचेर भारतीय पक्षले निर्माण गरेको बाँध नेपालीहरुले भत्काइदिएका छन् ।

नेपाली जनताको विरोध र स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले सप्तरीको तिलाठीमा नजिक एकतर्फी रुपमा बाँध निर्माण गरेको थियो । उक्त बाँधका कारण नेपाली भुभागमा पर्ने करिब एक दर्जन गाविस डुबानमा परेका छन् ।

बाँधका कारण आफ्नो वस्ती डुबानमा परेपछि आक्रोशित नेपालीहरुले विहीबार दिउँसो सीमा क्षेत्रमा गएर भारतको बाँधको ८० प्रतिशत भाग भत्काइदिएका हुन् ।

बाँध भत्काएपछि उक्त ठाउँमा भारतीय र नेपाली पक्षबीच झडप भएको छ ।

घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाली सेनाको श्रीकृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकाल पुगेका छन् ।