२६ कार्तिक २०८३, बिहिबार

मन्त्री छान्न माओवादी केन्द्रले बनायो मापदण्ड, पुरानाले नपाउने!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-meeting

काठमाडौं, १३ साउन । नयाँ सरकारको नेतृत्व गर्न कस्सिरहेको नेकपा माओवादी केन्द्रले मन्त्री छान्न मापदण्ड बनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा विहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्री छनोटका लागि मापदण्ड तय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

उनका अनुसार मन्त्री हुन विभिन्न व्यक्तिहरु शीर्ष नेताहरुको घरमा लाइन लागेपछि माओवादी केन्द्रले मापदण्ड बनाएको हो । यद्यपि, बैठकले तय गरेका मापदण्ड सार्वजनिक गरिएको छैन् ।

तर, काम गर्न सक्ने क्षमता भएकाहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने निर्णय बैठकमा भएको छ । कुन व्यक्तिलाई बनाउने भन्नेबारे अझै टुंगोमा पुग्न बाँकी रहेको प्रवक्ता भुसालको भनाई छ ।

यो मापदण्डअनुसार मन्त्री भइसकेका व्यक्ति फेरि मन्त्री बन्ने सम्भावना कमै रहेको छ । यसबाट पूरानाहरु मन्त्री बन्न नपाउने दखिएको छ ।