२६ कार्तिक २०८३, बिहिबार

भारतलाई युवा संघको चेतावनी- कोशीमा भारतीय सेना राख्ने षडयन्त्र नगर

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kosi-Barrage

काठमाडौं, १३ साउन । नेकपा एमालेको प्रमुख भातृ संगठन युवा संघ नेपालले कोशी ब्यारेजमा आतंकवादीको खतरा भन्दै भारतले आफ्ना सेनालाई नेपाल पठाउने षडयन्त्र रचेको आरोप लगाएको छ ।

केही दिनअघि भारतीय अधिकारीहरुले एक पत्र पठाउँदै आतंकवादीबाट कोशी ब्यारेजलाई उडाइदिने धम्की आएको जानकारी नेपाललाई गराएका थिए ।

भारतको यस्तो सूचनापछि विहीबार युवा संघका मधेस ब्यूरो प्रमुख सञ्जीव कुमार झाले सञ्चारकर्मीसँग भने– ‘यो भारतको षडयन्त्र हो । सुरक्षा थ्रेट देखाएर आफ्ना सेनालाई नेपाल घुसाउने योजना हो ।’

उनले नेपालमा युवा संघ जस्तो संगठन पनी छ भन्दै भारतीय सेना कोशी ब्यारेजमा राख्ने भारतको योजना कुनै हालतमा सफल नहुने बताए ।
झाले भने– ‘कोशी ब्यारेजमा आतंकबादीको खतरा हेराउदै भारतीय सेना राख्ने योजनामा भारत सरकार रहेको बुझिएको छ तर, यो देश मा एमाले र युवा संघ पनि छ भन्ने हेक्का होस । तिम्रो योजना सफल हुँदैन ।’