२६ कार्तिक २०८३, बिहिबार

देउवा र प्रचण्डले सरकार बनाउनै लाग्दा झलनाथ खनालको नयाँ प्रस्ताव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath-Khanal1

काठमाडौं, १२ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादीले बहुमतीय सरकार बनाउने तयारी गरिरहेका बेला एमाले नेता खनालले नयाँ प्रस्ताव ल्याउँदै राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको भन्दै सहमतिको सरकार बनाउनुपर्ने र त्यसमा नेकपा एमाले पनी सहभागी हुने बताउनुभयो ।

बुधबार विहान थाहासञ्चार रेडियोका पत्रकार दीपेन्द्र कुँवरसँग कुराकानी गर्दै एमाले वरिष्ठ नेता खनालले भन्नुभयो– ‘सबैको मान सम्मान कायम राखेर सहमतिको सरकार बनाउँ । एमाले सरकारमा जान तयार छ ।’

नेता खनालको यो भनाई पछि एमालेकै धेरै कार्यकर्ताले उनको कडा आलोचना गरेका छन् । केहीले त राजनीतिबाटै सन्यास लिन उनलाई सुझाव समेत दिएका छन् ।

नेता खनाले थाहासञ्चार रेडियोको अन्तर्वार्तामा अगाडि भन्नुभयो– ‘भद्र सहमति कार्यान्वयन नहुँदा प्रचण्डजीको इगो हर्ट भयो होला ।’ भद्र सहमति कार्यान्वयन नगरेकै कारण सरकार परिवर्तन भएको भन्दै उहाँले संविधान कार्यान्वयन, मधेसको समस्या समाधान र भूकम्पपछि पुनर्निर्माणका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने र त्यसका लागि कांग्रेस, एमाले र माओवादीसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताउनुभयो ।