२६ कार्तिक २०८३, बिहिबार

राप्रपा नेपालको पूर्ण बैठक जारी, पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raparpa-nepal-meeting

काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य समितिको पूर्ण बैठक भोलि पनि जारी हुने पार्टीले जनाएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज सुरु भएको बैठकमा अध्यक्ष थापाले मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा पार्टीले खेल्नुपर्ने भूमिकाकाबारे जानकारी गराउनुभएको छ । त्यसमा पार्टीका नेता तथा कार्यकर्ताले बोल्ने क्रम जारी छ ।

त्यसैगरी पार्टीले सरकारमा गएपछि गरेका विभिन्न कार्यक्रमको समेत समीक्षा सुरु भएको पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो । पार्टीले राप्रपासँग एकताका लागि गरेका प्रयासका बारेमा छलफल भएपनि तत्काल एकीकरण गर्न नहुने विभिन्न नेताले सुझाएका छन् ।

टङ्गालस्थित अम्रपाली बैङ्केटमा भोलि पुनः बस्ने बैठकमा सहभागी हुन देशभरबाट करिब १५० प्रतिनिधि सहभागी छन् । रासस