२६ कार्तिक २०८३, बिहिबार

आङकाजी शेर्पाले संघीय समाजवादी पार्टी छाडे, उपेन्द्र यादवलाई राजीनामा बुझाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AngKaji-Sherpa-1
काठमाडौं, ११ साउन । जनजाति नेता आङकाजी शेर्पाले संघीय समाजवादी फोरम नेपाल पार्टी छाडेका छन् ।

मंगलबार अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउँदै शेर्पाले औपचारिक रुपमै पार्टी छाडेका हुन् । पार्टी भित्र ‘नश्लवाद र नातावाद’ हाबी भएको कारण काम गर्न नसक्ने जनाउँदै क्रियाशिल सदस्यबाट समेत आफूले राजीनामा दिएको उनले बताएका छन् ।

पार्टीले पहिचानको आन्दोलनमा अहोरात्र आउनेहरुलाई भन्दा ठुला नेताको घरमा धाउनेहरुलाई बढी अवसर दिएको शेर्पाको आरोप छ ।

ang-kaji-shrpa