२६ कार्तिक २०८३, बिहिबार

दाङमा प्रहरी अप्रेशनपछि म्यानपावर ब्यवसायीको दिउँसै भागाभाग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dheeraj-pratap-singh-sp– निशानदाजु भट्टराई

दाङ, ११ साउन । दाङ प्रवेशसंगै जिल्लामा हुने गुन्डागर्दी र प्रहरीभित्रको आर्थिक अनुशासनसंगै गैरकानुनी कार्य नियन्त्रणमा ल्याउने प्रतिवद्धता जाहेर गरेका दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले आाफ्नो पूर्व प्रतिवद्धता अनुसार काम कारवाही अगाडि बढाइरहेका छन् ।

प्रहरीको भुमिकालाई लिएर नागरिकले आंशका ब्यक्त गरिरहेको बेला नागरिकको आंशका चिर्नका लागि उहाँले गुन्डागर्दी, अवैध धन्दा र प्रहरीभित्रको आर्थिक पारदर्शितालाई संगठनको मुख्य कार्यक्रम बनाएर जिल्लाब्यापी रुपमा कार्यक्रम समेत गरिरहनु भएको छ ।

यसैक्रममा एसपी सिंह आफैले गैरकानुनी रुपमा मानिसहरुलाई विदेश पठाइरहेका म्यानपावर ब्यवसायीलाई खोजि गरी पक्राउ गर्न प्रहरीको विशेष टोली परीचालन गरेपछि जिल्लाको म्यान पावर ब्यवसायको क्षेत्रमा छुट्टै तरङ्ग उत्पन्न भएको छ ।

दाङ प्रहरीले पछिल्लोपटक अवैध तवरवाट विदेश पठाएको आरोपमा जिल्लाका विभिन्न ओभर सिजको कार्यालयवाट ३ जना म्यान पावर ब्यवसायीलाई पक्राउ गरेको छ । म्यान पावर ब्यवसायी माथि जिल्लामा एसपी सिंहले आफै अप्रेसन चलाएपछि अबैधरुपमा कारोवार गर्ने म्यानपावर ब्यवसायीको भागाभाग भएको छ ।

प्रहरी कार्यालयमा विदेश पठाउने नाममा बर्षौदेखि पासपोर्ट र पैसा झुलाएको आरोपमा धमाधम पीडितहरुले उजुरी दिन थालेपछि प्रहरीले दिउसै ओभरसिजका कार्यालयबाटै सम्बन्धित ओभरसिजका सञ्चालकलाई धमाधम पक्राउ गर्न थालेपछि उनीहरु कार्यालय बन्द गरेर सम्पर्क विहिन भएका छन् ।

एसपी सिंहले बैदेशिक रोजगार विभागवाट लाईसेन्स खारेज भइसकेको अवस्थामा पनि गैर कानुनिरुपमा विदेश पठाएको आरोपमा जिल्लामा पक्राउ परेका ३ जना म्यानपावर ब्यवसायीलाई आवश्यक कारवाहिका लागि वैदेशिक रोजगार विभाग काठमाडौं पठाउनु भएको छ ।

अवैधरुपमा विदेश पठाइरहेका म्यानपावर ब्यवसायि माथि कडारुपमा प्रस्तुत भएको दाङ प्रहरीले आइतवार दुर्इ म्यानपावर ब्यवसायी पक्राउ गरेको २४ घण्टा वित्न नपाउदै पुनह अर्का एक जना म्यानपावर ब्यवसायीलाई पक्राउ गरेको थियो ।

वैदेशिक रोजगार विभागबाट लाइसेन्स खारेज भइसकेको द रीभर ओभरसिजका नामबाट गैरकानुनी रुपमा मानिसहरुलाई विदेश पठाउने कार्य गर्दै आएका चन्द्र घर्ति ओभरसिजको कार्यालयवाटै केही थान पासपोर्ट र विभिन्न कागजातसहित पक्राउ परेका थिए भने सोमवार मात्रै प्रहरीले वैदेशिक रोजगार विभागबाट लाइसेस खारेज भइसकेको खोजी रिक्रुटमेट सिभसेजक नामबाट गैरकाननी रुपमा मानिसहरुलाई विदेश पठाउने काय गर्दै आएका जिल्लाको सौडियार-१ बस्ने ३७ वर्षिय नारायणबहादुर अधिकारी र मानपर ५ का २७ वर्षिय दिवाकर पौडेललाई ९ थान पासपोर्ट र विभिन्न कागजातसहित पक्राउ गरेको थियो ।

एसपी सिंहले अन्य अबैधरुपमा विदृेश पठाउने म्यानपावर ब्यवसायीहरुको खोजी कार्य चलिरहेको जानकारी दिनुभयो ।