२६ कार्तिक २०८३, बिहिबार

सुवास नेम्वाङलाई ‘कालाकोटेहरूको ग्याङको नाईके’ भनेपछि संसदमा हंगामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-gharti

– विमल योगी

काठमाडौं, ११ साउन । संविधानको धारा २९८ मा बाधा अड्काउको आदेशको कांग्रेस, माओवादी केन्द्रसहितका अधिकांश दलहरूले विरोध गरेका छन् भने एमालेले बचाउ गरेको छ ।

संसदको मंगलबारको बैठकमा नेपालको संविधानको धारा ३०५ बमाजेजिम राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथिको सामान्य छलफलमा सहभागी हुुँदै कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले बाधा अड्काउ फुकाउको आदेश आवश्यक नरहेको बताएका हुन् । उनीहरूले संविधानमा स्पष्ट व्यवस्था रहेको भन्दै राष्ट्रपतिलाई अनावश्यक रुपमा फसाइएको आरोप लगाए ।

कांग्रेसका सांसद तथा नेता रमेश लेखकले कसैको कमिकमजोरी ढाकछोप गर्न राष्ट्रपतिलाई प्रयोग गरेर बाधा अड्काउको आदेश जारी गराएको आरोप लगाए । ‘बाधा अड्काउको आदेशबाट हात्ति छिर्यो भने के होला ?’, लेखकले भने, ‘राष्ट्रपति सम्मानित संस्था हो । यो संस्थालाई दुरुपयोग गर्नु हुँदैन ।’

बाधा अड्काउको आदेश जारी गरिएको विषयलाई जबरजस्ती लादिएको भन्दै सांसद लेखकले भने, ‘राष्ट्रपतिको गरिमासँग किन खेलिएको छ ? संविधानको धारा ३०५ सँग खेलवाड गरिएको छ । इतिहाँसमा यसको दुरुपयोग भयो भने यसको जिम्मेवारी एमालेले लिनुपर्छ ।’

एमालेका सांसद कृष्णभक्त पोखरेलले विधि सम्मत सत्ताहस्तान्तर गर्ने प्रयासलाई संकाको दृष्टिकोणले हेर्न नहुने बताए । उनले भने, ‘संविधानको धारण २९८ मा नयाँ सरकार बनाउन अस्पष्ट व्यवस्था रहेकाले संविधान कार्यान्वयन गर्न बाधा अड्काउ फुकाउन आदेश जारी भएको छ ।’

कांग्रेसका सांसद राधेश्याम अधिकारीले राष्ट्रपतिद्वारा जारी भएको बाधा अड्काउ फुकाउ जारी भएको पत्रमा मन्त्रिपरिषद्को सिफारिस भएको विषय उल्लेख नरहेको बताए । ‘राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा मन्त्रिपरिषद्ले सिफारिस गरेको कुरा कतै उल्लेख छैन’, अधिकारीले भने, ‘राष्ट्रपतिलाई मन्त्रिपरिषद्ले सिफारिस गर्नुपर्छ । तर पत्रमा कतै पनि मन्त्रिरिषद्को कुरा उल्लेख छैन । यदि लेख्न भुलेको भए त्यो गल्तीका रुपमा मात्रै लिनु हुँदैन । होइन भने जानिवुझि नलेखिएको हो भने यो गम्भीर विषय हो ।’

संविधानमा स्पष्ट व्यवस्था रहेको विषयलाई बाधा अड्काउका नाममा कसैको कमजोरीलाई लुकाउन खोजिएको सांसद अधिकारीले लगाए ।

माओवादी केन्द्रका सांसद रामनारायण विडारीले संविधानको धारा २९८ लाई मन्द विष लगाइएको बताए । उनले भने, ‘संविधानको धारा २९८ स्पष्ट छ । यसमा केही व्यक्ति र समूहले आफ्ना कमजोरी लुकाउन राष्ट्रपतिलाई प्रयोग गरेर उपचार गरिएको छ । सबै स्पष्ट रहेको कुरालाई बाधा अड्काउन आदेश जारी गर्न आवश्यक छैन ।’

सुवासचन्द्र नेम्वाङ कालाकोटेहरूको ग्याङ्कको नाईके

यसैवीच, एमालेका सांसदहरूले संसदमा मर्यादित र शिष्ट भाषा प्रयोग गर्न माग गर्दै अबरोधको प्रयास गरेका छन् । कांग्रेसका सांसद सुरेन्द्र चौधरीले ‘पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई कालाकोटेहरूको ग्याङ्को नाईके’ भनेपछि एमालेका सांसदहरूले आपत्ति जनाएका थिए ।

एमालेका सांसद कृष्णभक्त पोखरेलले आपत्ति प्रकट गर्दै सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले शब्दावली हटाउन आदेश दिएकी थिइन् ।