२६ कार्तिक २०८३, बिहिबार

एमालेलाई चिडाउनु हुँदैन : वरिष्ठ नेता पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel-11.jpg-3काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद रामचन्द्र पौडेलले सहमति र सहकार्यको राजनीतिलाई कसैले छाड्न नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पौडेलले संविधान कार्यान्वयनका लागि पनि सहमति र सहकार्यका साथ अगाडि बढनु पर्ने बाध्यता रहेको बताउनुभयो । ‘मैले सुरु देखि भन्दै आएको छु’, उहाँले भन्नुभयो, ‘सहमतिको संस्कृति छाड्नु हुँदैन ।’

सत्ताको कुरा आफ्नो स्थानमा रहने बताउनुभएका पौडेलले भन्नुभयो, ‘सरकार बनाउने र गिराउने भन्दा पनि हामी आफैले बनाएको संविधान कार्यान्वयन गर्नुपर्छ । राष्ट्रपतिलाई बिबादमा तान्नु हुँदैन ।’