काठमाडौं, ९ साउन । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान र संसदभन्दा बाहिर आफूहरू नजाने भन्दै विधिको शासनलाई केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ ।
संसदको आइतबारको बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उपाध्यक्ष ज्ञवालीले एमालेका विषयमा सांसदहरूले लगाएको आरोपहरूको खण्डन गर्नुभयो । ‘अहिले अविश्वासको प्रस्ताव आवस्यक थिएन’, उहाँले भननुभयो, ‘अविश्वासको प्रस्ताव ल्याउने समय अहिले होइन ।’
मुलुकमा अहिले पनि मुलुकमा सहमति र सहकार्यको राजनीति अवाश्यक रहेको बताउनुभएका उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, ‘सहमतिविना कुनै पनि काम गर्न समस्या पर्छ । संसदको कार्यसूची बनाउने विषयमै दुई दिन संसद अवरुद्ध भयो । कार्यसूची बनाउन पनि सहमति आवश्यक पर्ने रहेछ नि ?’












प्रतिक्रिया